महानिरीक्षक खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको दाबी
२०८२ असोज २४ शुक्रवार
- प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको बताएका छन् ।
काठमाडौँ, २४ असोज । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले राजीनामा दिने अभिव्यक्ति नदिएको बताएका छन् ।
महानिरीक्षक खापुङ्गको अभिव्यक्ति भन्दै 'पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु' भन्ने अभिव्यक्ति नदिएको भन्दै भ्रामक समाचारहरू बारे प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महानिरीक्षकले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सिर्जित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु-व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको प्रहरी प्रधान कार्यालयले स्पष्ट गरेको छ ।
प्रहरी प्रधान कार्यालयले भनेको छ:
केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले 'पूर्व प्रधानमन्त्री के. पि. शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु' भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु-व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
-
भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वको औसतभन्दा आधाभन्दा पनि कम छ- मोदी
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।