- स्थानीय व्यापारीहरूका अनुसार उपभोक्ताहरू दशैंका लागि खसी किनमेलमा सक्रिय बनेका कारण बजारमा माग उच्च छ । यस वर्ष खसीको मूल्य १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म रहेको छ ।
हेटौंडा: दशैं नजिकिँदै जाँदा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको खसी बजारमा किनमेल गर्नेको घुइँचो बढ्दै गएको छ । शनिबारदेखि सुरु भएको चहलपहल हिजो–अस्ति झैँ आज पनि निरन्तर देखिएको छ भने व्यापारी र किसान दुवै पक्षको व्यापार उकालो लागेको छ ।
स्थानीय व्यापारीहरूका अनुसार उपभोक्ताहरू दशैंका लागि खसी किनमेलमा सक्रिय बनेका कारण बजारमा माग उच्च छ । यस वर्ष खसीको मूल्य १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म रहेको छ ।
मकवानपुरको मनहरी, राक्सिराङ, बकैया, बागमती, मकवानपुर गढी गाउँपालिका र हेटौंडा उपमहानगरका किसानहरूले उत्पादन गरेका खसी, बोका र च्याङ्राहरू हेटौंडा–१ स्थित खसी बजारमा ल्याएर बिक्री वितरण गरिरहेका छन् ।
किसानहरूले भने बजारको अव्यवस्थित अवस्थाबारे गुनासो गरेका छन्। उनीहरूका अनुसार राप्ती खोलाको किनारमा रहेको यो खसी बजारमा हरेक वर्ष जस्तै यस वर्ष पनि उचित व्यवस्थापन नभएको कारण किनमेल र यातायातमा समस्या भइरहेको छ । लाखौँको संख्यामा ल्याइने खसी र बोकाका कारण बाटो अवरुद्ध हुने, किनमेलका क्रममा ज्यानको जोखिम हुने अवस्था देखिएको किसानहरूको गुनासो छ ।
स्थानीय स्तरमा उचित पूर्वाधार र व्यवस्थापनको अभावले किसान र उपभोक्ता दुवैलाई असुविधा भइरहेको बताउँदै उनीहरूले हेटौंडा उपमहानगरलाई बजार व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’