देश र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शन
२०८२ भाद्र २७ शुक्रवार
- देश बचाउन र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शनी गरिएको हो ।
बाजुरा: देश र संविधानको रक्षा गर्न माग गर्दै बाजुरामा शान्तिपूर्ण मौन प्रदर्शन गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल बार एसोसियसन बाजुराको संयुक्त आयोजनामा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा देश बचाउन र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शनी गरिएको हो ।
“देश बचाऔं,संविधानको रक्षा गरौं” भन्दै हातमा प्लेकार्ड र नेपालको संविधान २०७२ को पुस्तक बोकेर शान्तिपूर्ण मौन प्रर्दशनी गरेका हुन् । उनीहरुले अहिलेको विषम परिस्थितिमा देशलाई जोगाउन तथा संविधानको रक्षामा उभिन आह्वान गर्दै मौन प्रदर्शनी गरेका हुन्।
यहीँ भदौ २३ र २४ गते संघिय राजधानी काठमाडौं लगायत देशका विभिन्न जिल्लामा जेनजी युवा समुहरुको आन्दोलन पछी घटेका घटनाहरुले देश आक्रान्त भई सिङ्गो राज्य र संविधान विथोल्न ठुलो प्रहार भएको भन्दै देश र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रर्दशनी गरिएको नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम बहादुर रौलेले बताए ।
देश परिवर्तनको लागी जेनजी पुस्ताहरुले गरेको आन्दोलन सकारात्मक भए पनि जेनजीकै नाममा मच्चाईएको वितण्डा,सार्वजनिक सम्पती माथिको तोडफोड तथा आगजनी लगायतका घटनाले व्यवस्था माथी नै ठुलो धराप परेको ठहर गरिएको छ ।
प्रदर्शनमा मार्तडीमा उपलब्ध जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी पत्रकार र कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।