- भिमसेनले सर्मिलालाई करूवा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ, ५ भाद्र । आफ्नै श्रीमती ३५ वर्षीया सर्मिला मग्रातीको हत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
भिमसेनले सर्मिलालाई करूवा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै रौतहटको यमुनामाई गाउँपालिका-५ फतुवा बस्ने २२ वर्षीय साहबुदिन मियाको हत्या गरेको अभियोगमा गौर नगरपालिका-३ बस्ने २० वर्षीय सोनु भन्ने सनोज रामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गौर नगरपालिका-५ स्थित बाँसघारीमा सनोजले चक्कु प्रहार गर्दा साहबुदिन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका साहबुदिनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’