- कृषि बिभागले साउन २५ गतेसम्म भएको रोपाईको विवरण सार्बजनिक गर्दै गत बर्ष यस अवधिमा ९८.१५ प्रतिशत रोपाइँ सकिएको जनाएको छ । साउन महिना सकिन लाग्दा समेत अझै ९ प्रतिशत रोपाइँ बाँकी रहेको देखिएको छ ।
काठमाडौं : यस वर्ष साउन महिनाको २५ गतेसम्मको सरकारी आँकडा अनुसार औसत ९१ प्रतिशत धान रोपाइँ भएको छ ।
कृषि बिभागले साउन २५ गतेसम्म भएको रोपाईको विवरण सार्बजनिक गर्दै गत बर्ष यस अवधिमा ९८.१५ प्रतिशत रोपाइँ सकिएको जनाएको छ । साउन महिना सकिन लाग्दा समेत अझै ९ प्रतिशत रोपाइँ बाँकी रहेको देखिएको छ ।
यसबर्ष पनि पहिला जस्तै सिँचाइको अभाव तथा रासायनिक मलको अभाव कायमै रहेको छ । कृषि विभागका अनुसार नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७८ हजार ९६६ हेक्टर रहेको छ । जसमा हैलेसंम १२ लाख ५४ हजार ८८६ हेक्टरमा धान रोपाइँ भइसकेको छ । त्यस्तै १ लाख २४ हजार ८० हेक्टर क्षेत्रफलमा अझै धान रोपाइँ हुन बाँकी रहेको छ ।
प्रदेशको हिसाबले सबै भन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भएको छ भने सबै भन्दा कम मधेश प्रदेशमा ७६.५४ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशमा सुख्खा भएका कारण रोपाइँ हुन सकिएको छ । नेपालको अन्नको भण्डार मानिने मधेशमा समयमा रोपाइँ हुन नसक्दा यस बर्ष धानको उत्पादन घट्ने देखिएको छ । विभागका अनुसार मधेसमा अझै २३ प्रतिशत भन्दा बढी रोपाइँ हुन बाँकी रहेको छ । गत बर्ष यस समयसम्म ९७ प्रतिशत रोपाइँ भइसकेको थियो । त्यस्तै कर्णाली प्रदेशमा ९८.४ प्रतिशत रोपाइँ भएको छ भने लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी बागमती प्रदेशमा ९३.५६ प्रतिशत, कोशी प्रदेशमा ९४.४२ प्रतिशत र गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत रोपाइँ भएको छ ।
नेपालमा गत बर्ष १४ लाख २० हजार ६३६ हेक्टरमा धान खेती गरिएको थियो भने यस बर्ष ४१ हजार ३७० हेक्टर धान रोपाइँ हुने क्षेत्रफल घटेको छ । गत बर्ष कुल ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएको थियो, जुन आर्थिक वर्ष २०८०/८१ को तुलनामा ४.०४ प्रतिशतले बढी थियो ।
त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा भने १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा धान खेती गरिएको थियो, त्यसबाट ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयको आँकडा अनुसार नेपालमा हाल बार्षिक करिब ८ लाख टन धान अपुग रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।