सिन्धुलीको जाँते खोलाको गुफाभित्र महादेव मन्दिर, प्रचारको अभावमा ओझेलमा

२०८२ श्रावण १४ बुधवार
सारांश
  • स्थानीय भरत राउतका अनुसार – गुफाभित्र गोठालाहरूले शिवलिंग, गणेशको मूर्ति, पापद्वार र धर्मद्वार देखेपछि सो स्थानमा पूजापाठ गर्न थालिएको हो । विशेषतः शिवलिंगमाथि गाईको थुन जस्तो अकृतिबाट निरन्तर पानी चुहिरहने दृश्यले सो स्थललाई अझै रमणिय बनाएको छ ।

रामेछाप : सिन्धुलीको तिनपाटन गाउँपालिका–५ स्थित जाँते खोलाको माथिल्लो भेगमा रहेको प्राकृतिक गुफाभित्रको महादेव मन्दिर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । 


स्थानीय गोठालाहरूले २०४० सालतिर गाईहरू एकै ठाउँमा बस्न चाहनुको कारण खोज्दा फेला पारेको यो गुफा धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त स्थानका रूपमा चिनिन्छ । 


स्थानीय भरत राउतका अनुसार – गुफाभित्र गोठालाहरूले शिवलिंग, गणेशको मूर्ति, पापद्वार र धर्मद्वार देखेपछि सो स्थानमा पूजापाठ गर्न थालिएको हो । विशेषतः शिवलिंगमाथि गाईको थुन जस्तो अकृतिबाट निरन्तर पानी चुहिरहने दृश्यले सो स्थललाई अझै रमणिय बनाएको छ ।


वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिएअनुसार यो स्थल धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले भरिएको छ । रानी दह झरना, राजा दह र अन्य साना–ठूला दह तथा झरनाहरूले यो क्षेत्रलाई थप आकर्षक बनाएका छन् । तर, राज्यको तर्फबाट अपेक्षित ध्यान नगएको र प्रवद्र्धन नहुँदा यो स्थान ओझेलमा परेको अध्यक्ष राउतको भनाइ छ ।


हाल झुगा सामुदायिक वनको अगुवाइमा मन्दिरसम्म पुग्न सिँढी निर्माणको काम भइरहेको छ । वडा कार्यालयको समन्वयमा विकट मार्गलाई सहज बनाउन सिँढी निर्माण कार्य अघि बढाइएको अध्यक्ष राउतले जानकारी दिए । उनका अनुसार वडाबाट मन्दिरसम्मको दूरी करिब ७ किलोमिटर रहेको छ ।


शिवरात्रिका दिन यहाँ मेला लाग्ने र भाकल गर्ने दिनमा स्थानीय श्रद्धालुको बाक्लो उपस्थिति रहने गरेको छ । आगामी दिनमा धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धनका लागि वडाले विशेष प्राथमिकता दिँदै योजना बनाएको वडा अध्यक्ष राउतको भनाइ छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार