- गत असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं १ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर नगद दुई लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र एप्पल कम्पनीको–१६ प्रो. आइफोन मोबाइल लुटपाट गरेको धनुषा प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । गोइत बैङ्कमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकेर मुखियाले लुटपाट गरेका थिए ।
जनकपुर : धनुषा प्रहरीले नेपाल भारत सिमानामा दिउँसै पेस्तोल देखाएर लुटपाट गर्ने एक जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्रामपञ्चायत उस्राही थाना देवधा ८, पिठुवा टोलका २३ वर्षिय विजय मुखिया रहेको छ ।
गत असार २० गते धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं १ का अजय कुमार गोइतलाई पेस्तोल देखाएर नगद दुई लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र एप्पल कम्पनीको–१६ प्रो. आइफोन मोबाइल लुटपाट गरेको धनुषा प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । गोइत बैङ्कमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकेर मुखियाले लुटपाट गरेका थिए । मुखियालाई प्रहरीले सोमबार साँझ धनुषाको सबैला नगरपालिका वडा नंं ९ ठिल्लाबाट पक्राउ गरेको थियो । उनले लुटपाटमा प्रयोग गरेको विआर३२एवाई३९३८ नम्बरको निलो रङ्गको अपाचे मोटरसाइकल र ब्याग पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले मुखिया पेशेवर लुटेरा रहेको र भारतमा पनि उनी माथि ९÷१० वटा मुद्दा रहेको जानकारी दिए ।
धनुषा प्रहरीका अनुसार उक्त घटनामा थप केही व्यक्ति फरार रहेका छन् भने उनीहरुको खोजी जारी रहेको छ । पक्राउ परेका मुखियामाथि थप अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको उपरीक्षक रेग्मीले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’