- सरकारको मन्त्रिस्तरीय निर्णय अनुसार, अबदेखि प्रत्येक वर्ष असार १४ गतेदेखि श्रावण १५ गतेसम्म देशभर वृक्षारोपण महाअभियान सञ्चालन गरिनेछ । यस अभियानअन्तर्गत वातावरणीय सन्तुलन कायम गर्ने, उपयुक्त क्षेत्रमा उपयुक्त प्रजातिका विरुवा रोप्ने, समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने दीर्घकालीन लक्ष्यलाई साथ दिइने जनाइएको छ ।
काठमाडौं : हरेक वर्षझैं असार १४ गतेलाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’को रूपमा मनाउँदै आएको सरकारले यस वर्षदेखि वृक्षरोपण अभियानलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यसहित ‘सागरमाथा वृक्षरोपण महाअभियान’संचालन गर्ने निर्णय गरेको छ ।
सरकारको मन्त्रिस्तरीय निर्णय अनुसार, अबदेखि प्रत्येक वर्ष असार १४ गतेदेखि श्रावण १५ गतेसम्म देशभर वृक्षारोपण महाअभियान सञ्चालन गरिनेछ । यस अभियानअन्तर्गत वातावरणीय सन्तुलन कायम गर्ने, उपयुक्त क्षेत्रमा उपयुक्त प्रजातिका विरुवा रोप्ने, समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउने तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य बनाउने दीर्घकालीन लक्ष्यलाई साथ दिइने जनाइएको छ ।
यस सन्दर्भमा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउन तथा सबै तह र क्षेत्रको सहभागिता सुनिश्चित गर्न वन तथा वातावरण मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन समेत गरेको छ ।
सम्मेलनमा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’दीर्घकालीन र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले विगतका वर्षमा रोपिएका विरुवामध्ये धेरैजसो हुर्किएको तथ्य प्रस्तुत गर्दै संरक्षण पक्षमा अझ सशक्त पहल आवश्यक रहेको बताए ।
उनले भने, ‘विरुवाहरु प्रत्येक वर्ष रोपिएका छन् । तर त्यसको केही प्रतिशत मासिए पनि धेरै विरुवाहरु हुर्किएका समेत छन् । विभिन्न निकायहरुले विरुवाहरुको रेखदेखदेखि लिएर सबै कुरा गर्दै आइरहेको छ । अहिले ४५÷४६ प्रतिशत बन सुरक्षित छ । वृक्षरोपणहरु निरन्तर भइरहेका छन् । तर जति संरक्षण हुनुपथ्र्यो त्यो हुन सकेको छैन ।’
उनले जलवायु संकटले हिमालय क्षेत्रलाई बढी प्रभावित बनाइरहेकाले त्यसतर्फ ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले सन् २०२५ मा ‘हिमालय जोगाऔं’ अभियान सुरु गरेको स्मरण गरे । सोही अभियानको निरन्तरता स्वरूप ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्न लागिएको मन्त्री शाहीको भनाइ थियो ।
मन्त्री शाहीका अनुसार, नेपाल सरकारको दीर्घकालीन रणनीति अन्तर्गत सञ्चालन हुने उक्त वृक्षरोपण अभियानले वन क्षेत्रबाट समृद्धि हासिल गर्ने, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संघीय सरकारका सबै मन्त्रालय, प्रदेश सरकार, प्रदेशका निकायहरू र ७५३ वटै स्थानीय तह सहभागी भएर अभियानलाई एक साझा राष्ट्रिय अभियानको रूपमा अघि बढाइने मन्त्री शाहीले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।