बेपता आयोगमा काम गर्न नियमावलीको अभाव छ : अध्यक्ष गड्तौला
२०८२ असार १२ विहिवार
- बिहीबार काठमाडौमा बेपता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आयोग फिल्डमा गइहाल्ने अवस्था नभएको भन्दै नियमावली नहुँदा कामको गति रोकिएको बताइन् ।
काठमाडौं : बेपता पारिएका व्यक्तिको छानविन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले नियमावलीको अभावका कारण काममा गति दिन नसकिएको बताएकी छिन् ।
बिहीबार काठमाडौमा बेपता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आयोग फिल्डमा गइहाल्ने अवस्था नभएको भन्दै नियमावली नहुँदा कामको गति रोकिएको बताइन् ।
उनले भनिन्, ‘उपत्यका बाहिरका पीडितहरु छिटो गर्नुहोस भन्दै हुनुहुन्छ । तर नियमावलीका कारण कामले गति लिन सकेको छैन् । तुरुन्तै फिल्डमा गइहाल्ने अवस्था छैन । कार्यक्रमहरुको फरम्याट बनाउन सकिएको छैन । हाम्रो संयन्त्र कसरी परिचालन गर्ने भन्ने नै अन्योलता छ । यसमा सम्बन्धित निकायलाई घचघच्याइरहेका छौं ।’
उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नियमावलीमा पहिले चार वर्ष कार्ययोजना बनाउने र पछि प्रत्येक वर्षको कार्ययोजना बनाउने बताइन् ।
उनले भनिन्, ‘कार्ययोजना पहिले चार वर्षको बनाउने हो अनि चार वर्षपछि प्रत्येक वर्षको बनाउनुपर्छ भन्ने छ । हामीले आफैंले आफैलाई बाँधेर अघि बढ्ने हो । आफैंले आफैंलाई बाधेनौं भने परिणाममा नपुग्न सक्छौ ।’
उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगबीच समन्वय गरी काम अघि बढाउनेपनि बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’