ट्र्याक्टर दुर्घटनामा परी जुम्लामा एक जनाको मुत्यु ४ जना घाइते

२०८२ असार ३ मंगलवार
सारांश
  • सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ नगरपालिका ७ स्थित खल्लाचौरमा दुर्घटनाहुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिएका छन् ।

मुगु : जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।


सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ चन्दननाथ नगरपालिका ७ स्थित खल्लाचौरमा दुर्घटनाहुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिएका छन् ।


दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका – ९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन ।


घाइते हुनेमा चन्दननाथ नगरपालिका – ९ तलिउमका वर्ष २९ कि देबु सार्कि, तलिउमकै ३५ वर्षकी मैनामुरली सार्की र

 चन्दननाथ – ९ तलिउमकै वर्ष ४८ की रंगा सार्की र ट्याक्टर चालक वर्ष २२ का सन्तोष सार्की रहेको रसाइलीले बताएका छन् । 


सडक बाट करिव २० मिटर तल खसेको थियो । अहिले घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याईएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार