भारतीय बजारमा महंगीयो प्याज, नेपालमा पनि मूल्य उकालो लाग्दै
२०८२ जेठ २० मंगलवार
- भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेकाले प्याजको मूल्य विगत दुई सातामा लगभग २० प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यम ‘द इकोनोमिक टाइम्स’ ले उल्लेख गरेको छ ।
काठमाडौं : भारतीय बजारमा पछिल्लो दुई सातमा प्याजको मूल्य २० प्रतिशत सम्मले बढेको छ । यससँगै नेपाली बजारमा पनि प्याजको मूल्य उकालो लाग्न थालेको छ ।
भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेकाले प्याजको मूल्य विगत दुई सातामा लगभग २० प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यम ‘द इकोनोमिक टाइम्स’ ले उल्लेख गरेको छ ।
उत्पादन र भण्डारण बढेपनि प्याज महँगो भएको छ । प्याजको अपेक्षित सरकारी खरिदले मूल्य अझैं बढ्ने सम्भावना रहेको भारतीय व्यापार स्रोतहरूले बताएको उल्लेख छ ।
भारतमा प्याजको मूल्य उकालो लागेसँगै नेपालमा पनि पछिल्लो केही दिनयता प्याजको मूल्यमा सामान्य वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीले देखाएको छ ।
कालीमाटीको मूल्यसूची अनुसार वैशाख २१ देखि जेठ ७ गते सम्म प्रतिकिलो औषत थोक मूल्य ३७ रुपैंयाँमा स्थिर रहेको छ । त्यसपछि केहिदिन घटेको मूल्य जेठ १९ र २० गते ३९ रुपैयाँ किलो पुगेको छ ।
त्यसैगरी समितिका अनुसार जेठ १८ मा २३० मेट्रिक टन भारतीय प्याज कालीमाटीमा भित्रिएकोमा जेठ १९ मा १३९ मेट्रिक टन मात्रै भित्रिएको देखिएको छ ।
आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले भारतीय बजारमा बढेको मूल्यले नेपालमा पनि असर गर्ने बताए ।
‘भारतीय बजारमा २० प्रतिशतसम्म मूल्य बढेमा सोहि अनुपातमा नेपालमा पनि मूल्य बढ्छ । हाम्रो आन्तरिक उत्पादनले मात्रै बजारको माग नधान्ने भएकाले ठूलो परिमाणमा भारतीय बजारबाट नै प्याज आयात गर्ने गरेका छौं । त्यसकारण स्रोत बजारमै मूल्य बढ्दा हामीकहाँ पनि त्यसले असर गर्छ,’ उनले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा करिब २० हजार हेक्टर जमिनमा प्याज खेती हुने गरेको छ । त्यसबाट करिब साढे दुई लाख मेट्रिक टन हाराहारीमा प्याज उत्पादन हुने गरेको छ । तर, आन्तरिक उत्पादनले मात्रै माग धान्न नपुग्ने भएपछि भारतबाट आयात गर्ने गरिन्छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पछिल्लो १० महिनामा नेपालमा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको ८५ हजार ७८८ मेट्रिक टन प्याज आयात भएको छ । जसमध्ये भारतबाट मात्रै ३ अर्ब ६६ करोड रुपैयाँको प्याज आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।