मिथिलाञ्चलमा वटसावित्री पर्व : नवविवाहितहरुका लागि विशेष
२०८२ जेठ १२ गते सोमवार
- विशेषगरी बरको रुख भएको स्थानमा पूजाका लागि महिलाहरूको भीड लागेको छ । यो पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायू र सुखमय वैवाहिक जीवनको कामना गर्दै मनाउने परम्परा छ ।
जनकपुर : मिथिलाञ्चलमा आज सोमबार विवाहित महिलाहरूले धार्मिक श्रद्धाका साथ वटसावित्री अर्थात बरसाइत पर्व मनाइरहेका छन् ।
विशेषगरी बरको रुख भएको स्थानमा पूजाका लागि महिलाहरूको भीड लागेको छ । यो पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायू र सुखमय वैवाहिक जीवनको कामना गर्दै मनाउने परम्परा छ ।
पर्वको अवसरमा महिलाहरूले नयाँ साडी, ब्लाउज, साया, लुगा–फाटा, लहठी, चुरा, सिन्दूर, टिकालगायत श्रृंगारका सामग्री किन्ने गर्छन् ।
साथै पूजाका लागि विशेष सामग्रीहरू पनि खरिद गरिन्छ । नवविवाहित महिलाहरूको लागि यो पर्व अझ विशेष मानिन्छ, किनकि बेहुलाको घरबाट पूजा सामग्रीसहित ‘पाहुर’ पठाउने प्रथा पनि रहेको छ ।
मिथिला संस्कृतिमा वटसावित्री पर्व नारीत्वको आदर्श र सन्तान प्राप्तिमा सहयोगी पर्वको रूपमा लिइन्छ। यो पर्व प्रत्येक वर्ष ज्येष्ठ महिनाको औँसी तिथिमा मनाइन्छ ।
धार्मिक मान्यताअनुसार, बरको रुखमा भगवान ब्रह्मा, विष्णु र महेशको वास रहने विश्वास गरिन्छ। पुराणहरूमा उल्लेख भएअनुसार बरको वृक्ष मुनी पूजा, कथा, व्रत आदि गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । पीपल जस्तै बरको वृक्षलाई पनि हिन्दू धर्ममा अत्यन्त पवित्र र शक्तिशाली मानिन्छ ।
दार्शनिक दृष्टिले पनि बरको रुख दीर्घायु, अमरत्व, ज्ञान र निर्वाणको प्रतीक मानिन्छ । भगवान बुद्धले ज्ञान प्राप्त गरेको वृक्ष पनि बरकै भएको मानिन्छ ।
त्यसैले महिलाहरूले यस वृक्ष मुनी व्रत बसेर पूजा गर्छन व्रत कथा सुन्छन् र बरको रुखमा सूती धागो बाँधेर आस्था प्रकट गर्छन । धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा महत्वपूर्ण मानिने यो पर्वले मिथिला संस्कृतिको गहिरो धार्मिक चेतना झल्काउँछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’