९४६ केजी गाँजा समातेका पराजुली बने सर्वोत्कृष्ट प्रहरी

२०८२ जेठ ९ शुक्रबार
सारांश
  • पराजुली धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत छन् । गत बैशाख १५ गते चौबिसे गाउँपालिका ५ बोधेस्थित अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको संयुक्त प्रहरी टोलीले ना.५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरिएको ठूलो मात्रामा गाँजा बरामद गरेको थियो ।

विराटनगर : ९ सय ४६ किलोग्राम ९३८ बोरा गाँजासहित ट्रक र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिने कार्यको नेतृत्व गरेका प्रहरी सहायक निरीक्षक रुद्र बहादुर पराजुलीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले बैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’घोषित गरेको छ । 


पराजुली धनकुटाको इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत छन् । गत बैशाख १५ गते चौबिसे गाउँपालिका ५ बोधेस्थित अस्थायी प्रहरी बिट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको संयुक्त प्रहरी टोलीले ना.५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरिएको ठूलो मात्रामा गाँजा बरामद गरेको थियो । 


ट्रकमा रहेका व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको थियो । 


कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, पराजुलीले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, इमानदारी र साहससाथ आफ्नो कर्तव्य निर्वाह गरेका छन् ।


यसले प्रहरी संगठनप्रति जनविश्वास थप मजबुत बनाएको जनाइएको छ । प्रहरी संगठनले यस्ता उत्कृष्ट कार्य सम्पादन गर्ने सुरक्षाकर्मीलाई हौसला र प्रेरणा दिनका लागि ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार