- प्रहरीले गोप्य सूचनाको आधारमा विशेष अपरेशन संचालन गर्दै ठूलो मात्रामा खैरो हिरोइन, अवैध नगद तथा मोबाइल बरामद गरेको हो ।
सिरहा : सिरहामा लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।
प्रहरीले गोप्य सूचनाको आधारमा विशेष अपरेशन संचालन गर्दै ठूलो मात्रामा खैरो हिरोइन, अवैध नगद तथा मोबाइल बरामद गरेको हो ।
लहान नगरपालिका–१२ स्थित भोटिया टोलबाट जेठ २ गते साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव (३२) र उनकी बहिनी किरण कुमारी यादव (२६) लाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा दिनेशको साथबाट २२.९० ग्राम खैरो हिरोइन, रु ५१,४५० नगद, र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
त्यसपछि दिनेशको लहान–२२ स्थित घरमा गरिएको खानतलासीमा थप १८६ ग्राम खैरो हिरोइन, रु ५४,१४,२८५ नेपाली रुपैयाँ, रु ३५,७८० भारतीय रुपैयाँ, चार थान मोबाइल र एक थान डिजिटल तराजु फेला परेको थियो ।
त्यसैगरी जेठ ३ गते दिउँसो १ः३० बजे बरियारपट्टी गाउँपालिका–३ चमार टोलबाट चेकिङ्गका क्रममा प्रहरीले भारतको लदनियाबाट आएका दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । कृष्ण कुमार यादव (२०) र निरज राय (१९) को साथबाट ७१० मिलिग्राम खैरो हिरोइन फेला परेको हो ।
उक्त दिन साँझ ३ बजे सिरहा नगरपालिका–२ स्थित महाबिर चोक नजिक भारतको जयनगरबाट आएका सञ्जय कारक (४५) लाई समेत प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको कम्मर र घुँडामा लुकाइ ल्याइएको रु १६,३८,००० नेपाली रुपैयाँ र रु २३० भारतीय रुपैयाँ (ने.रु.३७० बराबर) सहित एक थान मोबाइल फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ती सबै व्यक्तिहरूमाथि लागुऔषध कारोबार र अवैध सम्पत्तिसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले लागुऔषध कारोबारविरुद्ध निगरानी र निगरानी कडा पारिएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।