- जिम्मा लिएका विभिन्न आयोजनाका काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको हो ।
काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।
जिम्मा लिएका विभिन्न आयोजनाका काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको हो ।
सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६३ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रशाशित गरिएको कार्यालयले जनाएको छ ।
यस्तो छ कालोसूचीमा राख्न लेखी पठाउने सार्वजनिक निकायहरुको नाम ठेगानः
१. पूर्वाधार विकास कार्यालय ओखलढुङ्गा, कोशी प्रदेश
२. सडक डिभिजन सुब्बाकुना, सुर्खेत
३. सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट
४. थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय इन्द्रायणी चौर, मकवानपुर
५. सिँचाइ तथा जलस्रोत । व्यवस्थापन आयोजना कास्की पोखरा, कास्की
६. पूर्वाधार विकास कार्यालय ओखलढुंगा, कोशी प्रदेश
७. सभ्यता एकीकृत विकास समिति, गुहेश्वरी, काठमाडौँ ।
८. सुवर्ण गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय कवहीगोठ, बारा
९. सरावल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सरावल ३. नवलपरासी ।
१०. राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्एन्टि भेनम उत्पादन तथा अनुसन्धान केन्द्र । बानेश्वर – १०, काठमाडौँ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा ल्याइयो
-
अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन
-
ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन
-
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी र सचिवमा श्रेष्ठ नियुक्त
-
तथ्याङ्क नियमावली स्वीकृत, के के भयो परिवर्तन ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।