पोखरामा नयाँ बर्ष सेलिब्रेसन : महोत्सवले झनै बढायो चहलपहल

२०८२ बैशाख १ सोमबार
सारांश
  • २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ ले पोखरा थप चलायमान बनाएको छ । नयाँ बर्षमा घुम्न आउने पर्यटकका लागि लक्षित गरी यहाँका होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएसँगै पर्यटक झुम्मिएका हुन् ।

पोखरा : पर्यटकीय हब पोखरामा आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढेको छ । नयाँ बर्षको आगमनसँगै पोखराका पर्यटकीय स्थल र होटलहरु भरिभराउ भएका छन् ।


२०औँ फेवा नव वर्ष महोत्सव–२०८२ ले पोखरा थप चलायमान बनाएको छ । नयाँ बर्षमा घुम्न आउने पर्यटकका लागि लक्षित गरी यहाँका होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएसँगै पर्यटक झुम्मिएका हुन् ।


यहाँका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।


होटल एशोसियसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले २० औ संस्करणको नव बर्ष फेवा महोत्सवले नेपाली नयाँ वर्षलाई पोखरामा स्वागत गरेको बताए । महोत्सव र नयाँ बर्षका अवसरमा होटलमा विशेष छुटको व्यवस्था गरेको जानकारी दिए । पर्यटकहरुलाई प्रकाशन गरेको रेटदरमा २० प्रतिशत छुट छ अन्य संस्थाहरुले १५ वटा प्याकेजहरुको व्यवस्था गरेको पनि उनले जानकारी गराए । 


उनका अनुसार पञ्चेबाजा, सारङ्गी, रत्यौली, भजनलगायतका कार्यक्रमहरु ५० मिटरको दुरीमा देख्न पाइने व्यवस्था मिलाएको साथै आन्तरिक  र विदेशी पर्यटकहरुले बसाई लम्बाउने प्रयास गरिएको छ । 


उनले भने,‘२० औ संस्करणको महोत्सवमा हामीले होटलमा विशेष छुटको व्यवस्था गरेका छौ । पर्यटकहरुलाई हामीले प्रकाशन गरेको रेटदरमा २० प्रतिशत छुट दिएका छन् । अन्य संस्थाहरुले १५ वटा प्याकेजहरुको व्यवस्था गरेका छन् । लेकसाइडको तीन किलोमिटरभित्र कार्यक्रम गरिरहेका छौं । पञ्चेबाजा, सारङ्गी, रत्यौली, भजनलगायतका कार्यक्रमहरु ५० मिटरको दुरीमा देख्न पाइन्छ । आन्तरिक पर्यटकलगायत विदेशी पर्यटकहरु आउनेक्रम छ । बसाइ लम्बाइरहेका छन् ।’


त्यस्तै होटल संघ पोखराका कोषाध्यक्ष र नव वर्ष महोत्सवको आर्थिक संयोजक  नेत्र पौडेल पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले ‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित होत्सवको आयोजना गरेको जानकारी दिए । साथै पर्यटकहरुलाई लोभ्याएर होटलहरु भर्ने उद्देश्यले पनि समावेश रहेको उनले बताए । पोखरा महानगरले २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाइरहेको छ ।


नयाँ बर्ष र हिमाल आरोहणको समय एकै समय परेकाले पोखराका होटलहरूमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको व्यवसायीहरुको भनाई छ । 


यो सिजन भारतीय पर्यटक घुम्न आउने समय, अन्नपूर्ण पदयात्रा क्षेत्रमा घुम्न जाने पर्यटक आउने सिजन र विद्यालयको परीक्षा सकिएर छुट्टी भएकाले आन्तरिक पर्यटकको आगमनसमेत बढेको अध्यक्ष सुवेदीको भनाइ छ ।


पोखराका १ हजार २ सय होटलमा ४० हजार बेड संख्या रहेको होटल संघले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार