सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान सुरु
२०८१ चैत्र २३ शनिवार
- शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले स्मार्ट बोर्ड जडान गरेको हो ।
काठमाडौं : सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्ने क्रममा रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयको कक्षा १० सेक्सन ए मा स्मार्ट बोर्ड जडान गरिएको छ ।
शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले स्मार्ट बोर्ड जडान गरेको हो ।
विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३१३ वटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरेको हो ।
‘प्रमाणमा आधारित विद्यालयको पूर्वाधार विकास, सिकाइमा टुल्स एण्ड टेक्नोलोजी (प्रविधि र उपकरण), मानव पुँजी विकासअन्तर्गत शिक्षक तालिम, सुशासन, व्यवस्थापन तथा दिगोपना’का लागि महानगरपालिकाले लगानी बढाएको छ ।’ स्मार्ट बोर्ड उपयोगका विषयमा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘विद्यालयमा स्मार्ट वोर्ड उपयोग गर्ने स्थान, शिक्षकको तत्परता र क्षमताका आधारमा बोर्ड जडान गर्दै जानेछौँ । क्रमशः सबै कक्षामा राख्नेछौँ ।’
महानगर गौरव योजनाअन्तर्गत गरीखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिए ।
कक्षा कोठामा जडान भएका बोर्डहरुको डिस्प्ले क्षमता ५० हजार घण्टा हो । सामान्य ठक्करबाट स्क्रिन चिर्किने वा फुट्ने हुँदैन ।
सामुदायिक विद्यालयका बालबालिकाको चौतर्फी विकासका लागि फेस्टिभल क्याम्प, नतिजा सुधारका लागि हिउँदे शिक्षण शिविर सञ्चालन गरियो ।
हरेक शुक्रबार पुस्तकरहित शुक्रबारका कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षक तालिम, क्रियाकलाप सम्बन्धी पाठ्यक्रम तर्जुमा, सिकाइ सामग्रीमा लगानी गरेको छ । शिक्षण सिकाइलाई परियोजनामा आधारित, समूहगत कार्यमा आधारित, सहपाठीसँगको सिकाइ र पुनरावलोकन कक्षामा जोड दिएको छ । यस्ता क्रियाकलापले विद्यार्थीहरुमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण प्रदान सिर्जना हुने सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेल बताउछन् ।
प्रारम्भिक बाल स्याहार र विकास तथा प्रारम्भिक बाल शिक्षा र विकासका कार्यक्रम, एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ, शिक्षामा सिपजस्ता कार्यक्रमबाट शिक्षामा गुणात्मक नतिजा प्राप्त गर्ने महानगरपालिकाको लक्ष्य रहेको निमित्त शिक्षा अधिकारी ज्ञवालीको भनाइ छ ।
पुस्तकरहित शुक्रवार २५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये बालबालिका तथा वातावरण (वावा) र विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह हुन् । अन्य विषय विद्यार्थीको संख्यालगायत सूचकका आधारमा सञ्चालन हुने गरेका छन् ।
प्रारम्भिक बाल विकासका कक्षा (इसिडी) पछि कक्षा १ देखि ३ सम्म एकीकृत सिकाइका कक्षा सञ्चालन हुन्छन् । कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइका कक्षा सञ्चालन हुन्छन् । यस्तै माध्यमिक तहमा शिक्षामा सिप कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।