गाडीको ठक्करबाट कमलामाई नगरपालिकाको सरसफाइ कर्मचारीको मृत्यु

२०८१ चैत्र १७ आईतवार
सारांश
  • सरसफाइको लागि बिहान कार्यालय तर्फ जाँदै गर्दा प्रदेश १–००१ च ८८२१ नम्बरको योद्धा गाडीले ठक्कर दिँदा कमलामाई नगरपालिका–१२ का ३५ वर्षीय शेरबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले जनाएको छ ।

रामेछाप : सिन्धुलीको कमलामाई नगरपालिकामा सरसफाइ गर्ने एक कर्मचारीलाई आइतबार बिहान गाडीले ठक्कर दिँदा ज्यान गएको छ । 


सरसफाइको लागि बिहान कार्यालय तर्फ जाँदै गर्दा प्रदेश १–००१ च ८८२१ नम्बरको योद्धा गाडीले ठक्कर दिँदा कमलामाई नगरपालिका–१२ का ३५ वर्षीय शेरबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार साइकलमा सवार खपाङ्गीलाई झापाबाट काठमाडौँ जाँदै गरेको गाडीले कमलामाई नगरपालिका–६ रातमाटा घुम्ती नजिक ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते खपाङ्गीलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । 


गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार