भूमि समस्या समाधानमा स्थानीय तहको पहिलो जिम्मेवारी : हरिप्रसाद रिजाल
२०८१ फागुन २५ आईतवार
- रिजालले भूमि समस्या समाधानका लागि समस्याको पहिचान, सिफारिस, जमिनको नाप जाँच लगायतका काममा स्थानीय सरकारकै प्रमुख भूमिका हुने उनले बताए ।
रामेछाप : भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि समस्या सावधानका लागि सबै भन्दा बढी स्थानीय सरकार जिम्मेवार हुनु पर्ने बताएका छन् ।
भूमि समस्या सावधान आयोग रामेछापले आइतवार मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले स्थानीय सरकारको सक्रियता विना भूमिहीनको समस्या सावधान गर्न नसकिने बताए । यसको लागि सबैभन्दा बढी स्थानीय सरकारले अपनत्व लिनु पर्नेमा उनले जोड दिए ।
रिजालले भूमि समस्या समाधानका लागि समस्याको पहिचान, सिफारिस, जमिनको नाप जाँच लगायतका काममा स्थानीय सरकारकै प्रमुख भूमिका हुने उनले बताए । यसमा भूमि आयोगले सहजीकरणको काम मात्र गर्ने उनले स्पष्ट पारे । भूमि सम्बन्धी कामहरू कुनै पनि खालका विवाद नआउने गरी गर्न उनले स्थानीय तहलाई अनुरोध गरे ।
कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले भूमिहीन समस्या समाधानका लागि तीनवटै तहका सरकारले सहकार्य गरेर काम गर्नुपर्ने बताए । राज्यलाई कम भार पर्ने गरी स्थानीय स्तरको स्रोत र साधनको प्रयोग गरेर काम गर्नु पर्ने उनको सुझाव छ ।
भूमि समस्या सावधान आयोग रामेछापका अध्यक्ष गौतम लामाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामेछाप जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख¸ राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विज्ञ सदस्य जगत् बस्नेतले भूमि समस्या समाधान आयोगले गर्ने कामका बारेमा जानकारी गराएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’