ब्राउन सुगर सहित तिन भारतीय नागरिक पक्राउ

२०८१ फागुन १९ गते सोमबार
सारांश
  • बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ सिमरा स्थितमा रहेको राज होटेलमा बसिरहेको  अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

रौतहट: बारा प्रहरीले लागू औषध ब्राउन सुगर सहित तिन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा, बारा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो १७० ग्राम ब्राउन सुगर सहित तिन भारतीय नागरिकलाइ पक्राउ गरेको हो ।

 

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ सिमरा स्थितमा रहेको राज होटेलमा बसिरहेको  अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, विहार राज्य, मोफासिल सिवाना जिल्ला,  थाना सिवाना, चनौर ग्राम पञ्चायत वडा नं.१४ बस्ने वर्ष ३५ को गौतम कुश्वाहा,भारत, विहार राज्य, पूर्व चम्पारण जिल्ला, रमगढवा थाना, सिंहसिनी ग्राम पञ्चायत वडा नं.७ बस्ने वर्ष ३० को रन्जन कुमार सिंह र सोही स्थानको वडा नं.१० बस्ने वर्ष ४० को संजिव कुमार राम रहेका छन ।

 

लागू औषध सहित पक्राउ परेकाहरु आवश्यक कानूनी प्रकृया अघि  बढाईएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार