- डिके ढुङ्गानाले फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागीमा नयाँ नेतृत्व पनि चयन गर्ने जानकारी दिए ।
काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन)को १६ औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्यावसनका अध्यक्ष डिके ढुङ्गानाले फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागीमा नयाँ नेतृत्व पनि चयन गर्ने जानकारी दिए ।
उनले भने,‘प्याब्सनको महाधिवेशन फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हँुदैछ । यो अधिवेशनमा शुभेच्छुक संस्थाहरु आमन्त्रणा गरेका छौं । सबैजना गरेर करिब दुई हजार प्रतिनिधि सहभागी हुने सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।’
साथै उनले २७ गते बेलुका पाँच बजेसम्म नयाँ नेतृत्व चयन गरिसक्ने पनि जानकारी दिए । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ ।
प्यब्सनका अध्यक्ष ढुङ्गानाले अनलाइन माध्यमबाट रजिस्ट्रेसन हुने हुँदा समय सीमा नागेपछि सिस्टम आफै बन्द हुने र त्यसपछि कुनै रजिस्ट्रेसन गर्न पाइने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।