विचाराधीन विधेयक अघि बढाउने सत्ता पक्षीय दलको निर्णय

२०८१ फागुन ४ गते आईतवार
सारांश
  • नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं : सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ । 


नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो । 


दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।


उनले भने,‘सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय आजको बैठकमा गरिएको  छ । संसदमा टेबुल भएका अध्यादेशहरुका विषयमा पनि  छलफल भएको  छ । खासगरी संसदमा विचाराधीन कयौं विधेयकहरू छन् जसमा दुवै सदनका महत्वपूर्ण देखिएका विधेयकहरुलाई निश्कर्षमा पुर्याउने र विधेयकहरु अगाडि बढाउने र एउटा बाट पारित भएर अर्कोलाई पठाएका विधेयकहरुलाई पनि निश्कर्षमा पुर्याउने निर्णय गरिएको छ ।’
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार