- उनले सहकारी स्वनियमनकारी निकायका नाममा अत्यन्तै खुकुलो नीति बनाउँदा समस्याग्रस्त बन्दै गएको बताए ।
लुम्बिनी, २ फागुन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी अर्थनीतिका तीन खम्बा मध्येको एक खम्बा मात्र नभएर मुलुकको सिङ्गो अर्थतन्त्रको आधार भएको बताएका छन्।
आज बुटवलमा आयोजित सहकारी, सुशासन प्रवर्द्धनसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि अध्यादेश ल्याएको बताए ।
उनले सहकारी स्वनियमनकारी निकायका नाममा अत्यन्तै खुकुलो नीति बनाउँदा समस्याग्रस्त बन्दै गएको बताए । “अहिले सहकारीबाट लगेको रकम तिर्नुपर्दैन भन्ने भ्रम छरिएको छ र अर्को सहकारीमा किन बचत गर्ने भन्ने भ्रम सृजना गर्ने काम भएका छन्”, उनले भने, “देशैभरका सहकारीले एकैपटक यसका विरुद्ध सचेतना अभियान चलाउनु पर्दछ ।
उनले सहकारीमा देखिएका समस्या समाधान गर्न विसं २०७४ को सहकारी ऐन पर्याप्त नभएकाले समस्या समाधान गर्न सरकारले अध्यादेश ल्याएको स्पष्ट पारे । उनले हरेक कानुन समयक्रमसँगै संशोधन आवश्यक हुने भएकाले सहकारीसम्बन्धी अध्यादेश पनि नागरिकका समस्या समाधान गर्न ल्याइएकाले यसमा सहजीकरण गर्न आग्रह गरे ।
मन्त्री अधिकारीले वर्षौँदेखि बसिरहेको जमिनको मालिक बनाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको पनि बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन पोखरेलले सहकारी क्षेत्रका असल अभ्यासका विषयमा छलफल र अनुभव आदानप्रदान गर्ने बानीको विकास भएमा सहकारी क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउन सकिने बताए । उनले सहकारीको बचत रकम अपचलन गर्ने करिब छ सय जना प्रहरी हिरासतमा रहेको र १५ सयभन्दा बढी फरार रहेको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।