दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल
२०८१ माघ २० गते आईतवार
- आइतबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको हो ।
काठमाडौं : शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल भएको छ ।
आइतबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल भएको हो ।
छलफलमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरु यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुनसक्ने छन् भन्ने अवधारणाकासाथ विधेयक ल्याएको जानकारी गराइन् ।
उनले भनिन्,‘सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरु यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुन सक्नेछन् भन्ने अवधारणा चाँही छन् । अहिलेसम्म भएका प्रष्ठिानहरु र स्वास्थ्य विधासँग सम्बन्धित विधाहरु यसैसम्बन्धित हुन्छन् भन्ने अवधारणाकासाथ आएको हो ।’
त्यस्तै सभापति अम्मर बहादुर थापाले कानुन दोहोर भाषा नलाग्नेगरी बनाउन सुझाव दिए ।
उनले भने,‘कानुन प्रष्ट लेखिनुपर्छ । दोहोरो तेहरो भाषा लाग्ने गरेर कानुन बनाउनुहुँदैन् । कार्यविधि बनाउने कुरा अलग हो । निर्देशिका बनाउने कुरा पनि यसले रोक्दैन तर कानुनले सही मार्ग देखाउनुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविरमा ल्याइयो
-
अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई संसदीय समितिको निर्देशन
-
ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन
-
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी र सचिवमा श्रेष्ठ नियुक्त
-
तथ्याङ्क नियमावली स्वीकृत, के के भयो परिवर्तन ?
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।