मन्थली बचत स्थापनाको २८ वर्ष पूरा, बचत रकम एक अर्ब नाघ्यो
२०८१ माघ २० गते आईतवार
- स्थापना दिवसको अवसरमा सहकारीले आइतबार मन्थलीमा एक कार्यक्रम आयोजना गरेको छ । सहकारीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरेले सहकारी स्थापनादेखि हालसम्म सञ्चालन गरेका गतिविधिबारे जानकारी दिए ।
रामेछाप: रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको २८ वर्ष पुगेको छ ।
स्थापना दिवसको अवसरमा सहकारीले आइतबार मन्थलीमा एक कार्यक्रम आयोजना गरेको छ । सहकारीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरेले सहकारी स्थापनादेखि हालसम्म सञ्चालन गरेका गतिविधिबारे जानकारी दिए ।
कार्यक्रममा बोल्दै घिमिरेले सहकारीमा हाल १७ हजार सदस्य भएको बताए । सहकारीमा हाल बचत रकम १ अर्ब नाघेको र ऋण लगानी ८९ करोड रहेको जानकारी घिमिरेले दिए । सो संस्थाको शेयर रकम ९ करोड ४३ लाख रहेको छ भने जगेडा कोषमा ३ करोड ३९ लाख, कुल सम्पत्ति १ अर्ब ३७ करोड ६५ लाख रहेको छ ।
स्थापना दिवस कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले जगदीश घिमिरेको उपहारको रूपमा रहेको मन्थली बचतलाई अझ बलियो बनाएर लैजानुपर्ने बताइन् । रामेछाप जिल्लाको सहकारी अभियान र बचत गराउने कुरामा मन्थली बचतको ठुलो भूमिका रहेको भन्दै उनले प्रशंसा गरिन् ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले संस्थाको दिगोपनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । मन्थली बचत यहाँसम्म आइपुग्नुको मुख्य कारण दिगो पनलाई केन्द्रमा राखेर काम गर्नु नै भएको उनले बताए ।
कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले सबै मिलेर काम गर्ने हो भने सहकारी र देश बन्ने बताए । सहकारी सञ्चालक विश्वासपात्र हुनुपर्ने बताउँदै विश्वासले नै सहकारी टिक्ने उनको धारणा छ ।
कार्यक्रममा संस्थाका पाँचजना बाल सदस्य, पाँचजना उत्कृष्ट बचतकर्ता, उत्कृष्ट पाँच ऋणी सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । यसै गरी वातावरण संरक्षणको लागि टेवा पुर्याउन केही शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गरेको छ । सो सहकारीले सहकारीका सबै शेयर सदस्यसम्म विद्युतीय चुल्हो पु¥याउने निर्णय गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारको पाँच महिनाको काम हेर्दा जनतामा पश्चाताप शुरु भयो- विप्लव
-
कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन
-
लगानी बोर्डको सीईओमा विकास अर्थशास्त्री यांकी उक्याब नियुक्त
-
झण्डै ५ अंक बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
-
पार्टीको निर्देशनबिना सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन प्रदेश सांसदलाई राप्रपाको निर्देशन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।