सोनाम ल्होछारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ : सभापति देउवा
२०८१ माघ १७ गते विहिवार
- बिहीबार शुभकामना सन्देश दिँदै देउवाले यस्तो बताएका हुन् ।
काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होछारले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने बताएका छन् । बिहीबार शुभकामना सन्देश दिँदै देउवाले यस्तो बताएका हुन् ।
बौद्धधर्मालम्वीहरुको अत्यन्त महत्त्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका बौद्ध मार्गीमा उनले शुभकामना व्यक्त गरेका छन् ।
विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीति रिवाज र परम्परा छन् । जसमध्ये सोनाम ल्होछारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको सन्देशमा उल्लेख छ ।
देशका विभिन्न भागहरूमा मनाइने सोनाम ल्होसार (नयाँ वर्ष) ले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाएको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’