- नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघि बागमती नदिको पुल बनेको थियो ।
रौतहट: पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो ।
नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघि बागमती नदिको पुल बनेको थियो । लामो समय देखि पुल मर्मत सम्भारमा ध्यान नदिँदा क्रमश पुरानो हुँदै भौतिक संरचनाहरु कमजोर भएको चन्द्रपुर नगरपालिका वडा नं. १ का स्थानिय श्रीराम न्यौपानेले बताए ।
उनका अनुसार पुलको भारवहन क्षमता भन्दा अधिक लोड भएका ढुवानीका साधनहरु गुड्ने गरेकाले पुल भासिँएको हो । पुलको स्पान भासिँएकाले भारवहन क्षमता अधिक भएका गाडी संचालनमा ध्यान दिनु पर्ने उनको सुझाव छ ।
बागमती पुलको बेरिङ्ग फुट्दा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले शिघ्र मर्मत गर्नु पर्ने उनको माग छ ।
सर्लाहीबाट रौतहटतर्फ आउँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भाँसिएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जानकारी दिएको छ । बागमती नदिको पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पान बीचको अन्तर बढेको डिभिजन सडक कार्यालय चन्द्रपुरका इन्जीनियर प्रकाश यादवले बताए । पुलको एउटा स्पान भाँसिने बित्तिकै पुरै संरचना नै कमजोर हुने उनको भनाई छ ।
सडक डिभिजन कार्यलयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौंलाई पत्र मार्फत जानकारी गराइसकेको छ । पुलमा अधिक भारवहन क्षमताका गाडीमा ध्यान दिन रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख अरुण कुमार लाल कर्णले बताए ।
उनका अनुसार यस सडकखण्ड भएर जाने भारवहन क्षमताका सवारी साधन पुलमा एक पटकमा एउटा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अहिले पुलको स्पर केहि भाग अग्लो, केहि भाग होचो देखिएकाले सवारी साधन चलाउदा सावधानी अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।