- अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो ।
रौतहट : रौतहट प्रहरीले १७ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सबैभन्दा बढी कुटपिटको रहेको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार कुटपिटमा किशोरी ठाकुर , रामप्रवेश ठाकुर , शेख रोस्तम , सहनाज खातुन, जैबुन खातुन , शेख इस्लाम र चनरवती देवि रहेका छन । कुटपिटमा सात जना प्रतिवादीलाइ पक्राउ गरिएको उनले जानकारी दिए ।
कुटपिटबाट अङ्गभगमा सबिता देवी , प्रभा देवी र लडाइँ राय रहेको उनले बताए । नागरिकतामा नन्दलाल सिंह , जयमंगल राय यादव, देबकी लाल राय यादव , बिरेन्द्र प्रसाद यादव र तेज प्रसाद यादव रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
ठगीमा शेख चाद आलि र भवीतव्य ज्यानमा छरिया देविलाइ प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहातबाट खटिएको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाइ आवश्यक कारवाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
-
नाना पाटेकरको अन्त्येष्टिमाथि अभिनेत्री तनुश्री दत्ताले उठाईन प्रश्न
-
बजेटप्रति असन्तुष्टि जनाउदै सुदूरपश्चिमा एमालेका सांसदले दिए राजीनामा
-
एमसीसीअन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण तीव्र, सीमासम्मको प्रसारण लाइन सम्पन्न
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’