मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न

२०८१ माघ १० विहिबार
सारांश
  • भारत सरकारको आर्थिक सहयोगमा निर्मित भवन सहरी तथा भवन निर्माण आयोजना मन्थलीले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

रामेछाप :  मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । 
नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै नवनिर्मित भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 


भारत सरकारको आर्थिक सहयोगमा निर्मित भवन सहरी तथा भवन निर्माण आयोजना मन्थलीले नगरपालिकालाई हस्तान्तरण गरेको हो । 


कार्यालय प्रमुख सुमन सालिकेले मन्थली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठलाई भवन हस्तान्तरण गरेका हुन् । 


दुई तले सो भवनमा १५ शैय्याको अस्पताल सञ्चालन हुनेछ । अत्याधुनिक र सुविधा सम्पन्न भवनमा बिरामी र बिरामी कुरुवाका लागि आवश्यक सबै सेवा उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशवसिंह धामीले जानकारी दिए  । अस्पतालमा अन्य सुविधाका साथै दुईवटा सुविधा सम्पन्न क्याबिन रुमको पनि छन् ।

     
भारत सरकारको आर्थिक सहयोगमा २०७८ जेठ ३० गते  सो भवन निर्माणको सम्झौता भएको थियो । भवन निर्माणको काम २०८१ मंसिर ३० गते सम्पन्न गर्नुपर्ने थियो । भ्याट सहित  कूल १० करोड १३ लाख रुपैयाँको लागतमा निर्माण सम्झौता भएको सो भवन निर्माणको जिम्मा गाल्वा लाल शुभ मेहेन्दो जेभीले लिएको थियो । 


जिल्ला सदरमुकाममा रहेको एक मात्र सरकारी अस्पताल भएकोले यो अस्पतालमा बिरामीको निक्कै चाप रहेको छ । अहिले साँघुरो भवनमा उपचार र जस्ताको टहरोमा बेड राखे अस्पतालले सेवा प्रवाह गरिरहेको छ । जसले गर्दा स्वास्थ्यकर्मी र बिरामी दुवैले समस्या झेल्दै आएका थिए । 


नयाँ भवन बनेसँगै सेवा प्रवाह सहज हुने अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष रामबाबु घिमिरे बताउँछन् । यसले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई सेवा दिन र लिन सहज भएको उनले बताए ।  


मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले अहिले नगरपालिकाले सञ्चालन गरिहरेको अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन पहल भइरहेको जानकारी दिए । 
प्रदेश सरकारको नीति तथा कार्यक्रममा मन्थली अस्पताललाई प्रदेश अस्पताल बनाउने घोषणा भइसकेको बताउँदै श्रेष्ठले नयाँ भवन बनेकोले त्यसको आवश्यक व्यवस्थापन गर्न सहज हुने बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार