ट्रेड अफ्सको पहिचान नहुँदा उपलब्धीमा कमि : उपाध्यक्ष अधिकारी
२०८१ माघ १० विहिबार
- बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संकेतात्मक र विषयगत १६औं योजनाले देशको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रलाई पहिचान गरेको भन्दै तर योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं : योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं राष्ट्रिय योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले संकेतात्मक र विषयगत १६औं योजनाले देशको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रलाई पहिचान गरेको भन्दै तर योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको बताएका हुन् ।
उनले भने,‘१६औं योजना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधारशिलामा तयार भएको हो । यस योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धिलाई प्रवद्र्धन र जनताको जीवनस्तर सुधार गर्नका लागि मार्गदर्शन प्रदान गर्दछ ।
राष्ट्रिय योजना आयोगले १६औं विकास योजनाको कार्यान्वयन कार्ययोजना तयार गरिरहेको छ । १६औं योजना संकेतात्मक र विषयगत योजना हो, जसले देशको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्रलाई पहिचान गरेको छ । तर, यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक छ ।’
त्यस्तै उनले ट्रेड अफ्सको पहिचान नहुँदा बाञ्छीत उपलब्धीमा कमि भएको धारणा राखे । अब प्रत्येक कार्यक्रमहरु र पोलिसिहरुमा ट्रेड अफ्स र सिनर्जीको अनिवार्य पहिचान गर्नुपर्ने उनको भनाई छ ।
उनले भने,‘यो बीचमा समन्वयको व्यापक अभाव देखियो । कतिपय कुराहरुमा ट्रेड अफ्स हुन्छ । विरोधको आवास हुन्छ । कुनै मन्त्रालयले एउटा कुरा राखेको हुन्छ । अर्को मन्त्रालयले अर्को राखेको हुन्छ । त्यो ट्रेड अफ्स पनि पहिचान नहुँदा बाञ्छीत उपलब्धीमा कमि भएको देखियो । अब चाँही हाम्रो प्रत्येक कार्यक्रमहरुमा प्रत्येक पोलिसिहरुमा ट्रेड अफ्स र सिनर्जी चाँही पहिचान गर्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’