रौतहटमा आगलागि हुँदा २५ घर जलेर नष्ट

२०८१ पुष १५ गते सोमबार
सारांश
  • स्थानिय बाबुलाल हजराको घरमा विद्युत सर्ट भब आगोबाट हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेको छ ।

काठमाडौं: रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा आगलागि हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्ट भएको छ । 


स्थानिय बाबुलाल हजराको घरमा विद्युत सर्ट भब आगोबाट हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेको छ  ।


आगलागि भएको खवर पाउन साथ  प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्र घटना स्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरिएको छ । घरमा राती सुतेको बेलामा आगोलागि भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । 


यधपी मानबिय क्षति नभए पनि लता कपड़ा , अन्न लगायत जलेको प्रहरीले जानकारी दिएको छ ।


आगो लागि बाट के कति क्षति भएको छ सो को विवरण सकलन भै रहेको जिल्ला प्रहरी कार्यलय  रौतहटले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार