हेटौँडा र काठमाडौं जोड्ने सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय
२०८१ पुष १० गते बुधवार
- सडक डिभिजन कार्यालयका अनुसार पानी घाटदेखि चन्द्रागिरि भञ्ज्याङसम्मको खण्डमा स्तरोन्नतिको काम भइरहेकाले दिनको समयमा सवारी आवागमनमा रोक लगाइएको हो।
हेटौँडा: बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौँको सडक डिभिजन कार्यालयले पुस ७ गतेदेखि माघ ६ गतेसम्म २४ सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो। तर स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक बन्द गरिने र त्यस बाहेकका समय बिहान र बेलुका सञ्चालन गरिने सहमति भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार पानी घाटदेखि चन्द्रागिरि भञ्ज्याङसम्मको खण्डमा स्तरोन्नतिको काम भइरहेकाले दिनको समयमा सवारी आवागमनमा रोक लगाइएको हो। वैकल्पिक मार्गको प्रयोग गर्न भनेको भए पनि यात्रु र चित्लाङ क्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समस्या भएपछि स्थानीयले विरोध गरेका थिए ।
थाहा नगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष रामकृष्ण कपालीले स्थानीयको गुनासो समाधान गर्न सडक डिभिजन कार्यालयसँग सहकार्य गरी बिहान र बेलुका सडक सञ्चालन गराउने सहमति जुटाएको जानकारी दिए ।
उनका अनुसार अब बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने र त्यसबाहेक अन्य समयमा सवारीसाधन सञ्चालनमा कुनै अवरोध नहुनेछ। उक्त निर्णयले यात्रु र स्थानीय कृषकलाई राहत मिलेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।