सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो : विनोद चौधरी
२०८१ पुष ७ गते आईतवार
- सांसद चौधरीले कानुनमा ‘सामान्य’भनेर परिभाषित गरिएका विषयवस्तुहरूमाथि पनि प्रश्न उठाएका छन् ।
काठमाडौं । नेपाली कांगे्रसका सासंद विनोद चौधरीले चुकुल लगाउने नियतबाट ऐन नियम बनाउने गरिएको बताएका छन् । उनले सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बन्न नहुनेमा जोड दिए ।
आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा सांसद चौधरीले कानुन निर्माण प्रक्रिया सेवाग्राहीलाई ‘चोर हो’ भन्ने दृष्टिकोणबाट सुरु हुने गरेको बताएका हुन् ।
‘हाम्रा व्यापार र आर्थिक गतिविधिसँग सम्बन्धित ऐन कानुन बनाउने प्रक्रियाले नै सेवाग्राहीलाई चोर ठहर्याउने सोच प्रस्तुत गरेको छ,’चौधरीले भने,‘कानुनलाई चुकुल लगायने दृष्टिकोणले ऐन निर्माण गरिन्छ । यसको असर सिङ्गो अर्थतन्त्रमा पर्छ । अहिलेको अवस्थामा बैंकहरूको हालत हेर्नुस्, पैसा थुप्रिएको छ तर कोही लिन चाहँदैन ।’
सांसद चौधरीले कानुनमा ‘सामान्य’भनेर परिभाषित गरिएका विषयवस्तुहरूमाथि पनि प्रश्न उठाएका छन् ।
‘कानुनमा ‘सामान्य’ शब्द प्रयोग गरिएको कुरा कसरी व्याख्या गर्ने ? कुनै व्यक्तिलाई ऋण चाहिएको छैन भने ऋण दिनेले कानुनमा ‘सामान्य’ शब्दको आधारमा त्यसलाई ठुलो समस्या बनाइदिन सक्छ । अनि, त्यसरी नै ठुलो समस्यालाई सामान्य भन्दै आफ्नो स्वार्थमा उपयोग गर्न सक्छ । यही नै समस्या हो,’चौधरीले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
-
‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा
-
सानेपाको विवादमा देउवा समूहको जवाफ– कांग्रेसको नाममा महाधिवेशन रोक्न कसैलाई अधिकार छैन
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।