- प्राचीनकालमा मन्त्रद्रष्टा ऋषि, महर्षिहरूले ध्यानद्वारा नै वेदका मन्त्रहरू देखेको र परमात्मासँग साक्षात्कार गरेको कुरा वेद लगायत शास्त्रहरूले बताउछन।
काठमाडौं: संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदै छन् ।
संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना हुँदैछन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिएको छ ।
नेपाल र भारतका साधुसन्तहरू ध्यान केवल शारीरिक र मानशिक स्वस्थताको विषय मात्रै नभएर आत्मालाई परमात्मासँग जोडने साधन तथा बिधि भएको बताउछन। जसरी पछिल्लो समय ध्यानको व्याख्या विवेचना गरिएको छ, यसमा उनीहरू सन्तुष्ट छैनन्। यो शास्त्रले निर्देश गरेको व्याख्याभन्दा बाहिर भएको उनीहरूको तर्क छ।
यसै सन्दर्भमा वाल्मीकि विद्यापीठका आचार्य आमोदवर्धन कौण्डिन्न्यायन भन्नुहुन्छ "पातञ्जल योगदर्शनअनुसार योगका आठ अङ्ग छन्- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। तिनमा आसन, प्राणायाम र ध्यान आधुनिक समाजमा बढी प्रसिद्ध छन्। तथापि यम र नियमको पालना नगरी ध्यान मात्र गर्ने कुरा शास्त्रविपरीतका हुन्। "योगश् चित्तवृत्तिनिरोध:" भन्ने सूत्र अनुसार चित्तको वृत्तिलाई निरोध गर्नु अर्थात् चञ्चलतालाई हटाउनु र परमेश्वरको ध्यानमा लीन भएर परमेश्वरसित एकाकार हुनु योगको उद्देश्य हो। ध्यान भनेको 'परमात्माको चिन्तन गर्दा मन अन्यत्र कतै नगईकन ध्येय परमात्मामा मात्र अडिनु' हो।"
प्राचीनकालमा मन्त्रद्रष्टा ऋषि, महर्षिहरूले ध्यानद्वारा नै वेदका मन्त्रहरू देखेको र परमात्मासँग साक्षात्कार गरेको कुरा वेद लगायत शास्त्रहरूले बताउछन। तथापि पछिल्लो समय फेसनकै रुपमा ध्यान विश्वभरी प्रचलित हुँदै आएको छ। यस्तो फेसन र लहडको ध्यानले वास्तविक ध्यानको मर्म बुझ्न नसक्ने वेद मर्मज्ञ आचार्यहरू धारणा छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।