- सरकारले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न अनुमति दिएको छ ।
काठमाडौं । सरकारले मंसिर ९ गतेदेखि सशुल्क रुपमा धरहरा सञ्चालन गर्न अनुमति दिएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अनुसुचिमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको हो ।
धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णय समेत भएको छ । त्यस्तै १० वर्ष मुनिका बालबालिका शुल्न नलाग्ने भएको छ ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बिशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति(गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिइ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’