बिआरआइको मतभेदले सरकार नै ढल्ने कुरा हुन थाल्यो : गगन थापा
२०८१ मंसिर ५ गते, बुधबार
- सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले चीनसँग विगतमा गरिएको सम्झौताहरु कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताएका छन्।
काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले चीनसँग विगतमा गरिएको सम्झौताहरु कार्यान्वयनमा हुनुपर्ने कुरामा जोड दिएको बताएका छन्।
महामन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयन अघि चीनसँग विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने आफूहरुको चाहना रहेको बताएका हुन्।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमती अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पारे।
उनले सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन आफूहरु सक्षम रहेको पनि बताउनु भयो ।
उनले बिआरआइको विषयले सरकार नै ढल्ने चर्चा सुरु भएको बताए। थापाले भने, ‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समय पछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । यो विषयलाई लिएर नेपाली काँग्रेस, नेकपा एमाले बीचमा व्यापक रुपमा असहमती छ, व्यापक रुपमा मतभिन्नता छ । साथीहरु हुनुहुन्छ ए ढल्यो ढल्यो भनेर लेखिदिनु हुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि एक ढल्ने हो कि भन्ने लागेको पाउँछु म । तर मलाई लाग्छ–हामीले यो क्षमता राख्न सक्नुपर्छ ।’
उनले कांग्रेस सबै छिमेकीसँग सहकार्य गर्न तयार रहेको बताउँदै अनुदानमा केन्द्रित हुनुपर्ने बताए। ‘हामी सबै छिमेकीहरुसँग यो बेलामा सहकार्य गर्न चाहन्छौ । हाम्रा ठूलाठूला विकासका परियोजनाहरु छन । त्यसमा साझेदारी गर्न चाहन्छौं । हामी उनीहरुबाट अनुदानबाट हामी हाम्रा विकासका आकांक्षाहरुलाई पूरा गर्न चाहन्छौं, थापाले अगाडि भने,
‘यी हाम्रा प्राथमिकताहरु छन् । हामी यसभन्दा अघि भएका सबै सम्झौता कार्यान्वयन हुन पहिला । त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौं भन्ने कुराको बारेमा सोच्दछौं । हामी यो भनिरहँदै गर्दा हामीसँग सहकार्य गरेर दलसँग केही सोच फरक छन् भन्ने पनि मान्दछौं । हामीले त्यो क्षमता राख्नुपर्दछ कि हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्दछ भन्ने मान्दछौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’