रुसले ईरानी हतियारहरू प्रयोग गरि हमला गरिरहेको जेलेन्स्कीको दावी

२०८१ मंसिर २ गते, आइतवार
सारांश
  • रुसी सेनाले आइतवार युक्रेनको ऊर्जा र पावर प्लान्टको पूर्वाधारलाई लक्षित गरी सयौं ड्रोन र मिसाइल हमला गरेको छ।

रुसी सेनाले आइतवार युक्रेनको ऊर्जा र पावर प्लान्टको पूर्वाधारलाई लक्षित गरी सयौं ड्रोन र मिसाइल हमला गरेको छ।

 

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आक्रमणमा कम्तीमा १२० क्षेप्यास्त्र र ९० ड्रोन, ईरानमा बनेको हतियार सहितले आक्रमण गरेको बताएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार यो कम्तिमा तीन महिनायता रुसबाट भएको सबैभन्दा लामो दूरीको आक्रमण भएको बताएका छन्।

 

कीभको वायुसेनाले १२० क्षेप्यास्त्रहरू मध्ये १०४ वटा नष्ट गरेको र ४२ ड्रोनहरू खसालेको बताएको छ। 

 

माइकोलाइभ, ओडेसा र निप्रोपेट्रोभस्कका क्षेत्रमा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

 

युक्रेनका शहरहरू कीभ, ओदेसा, जापोरिज्हिया, क्रिभिई रिह, डिनिप्रो र पश्चिमी युक्रेनमा विष्फोटहरू भएका छन्।

 

युक्रेनमा चिसो बढ्दै जाँदा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई बारम्बार निशाना बनाएको छ, जुन रणनीति मस्कोले अघिल्ला वर्षहरूमा गरेको थियो।

 

एजेन्सीको सहयोगमा

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार