एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक:मन्त्री मेहता
४ मार्ग, २०८३
- विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती भएको बताएकी हुन् ।
काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी र वातावरण क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी छन् ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती भएको बताएकी हुन् ।
उनले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले संक्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने र स्वास्थ्य प्रणालीमा दबाब सिर्जना गर्ने उल्लेख गरिन् । यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगको अवस्था अध्ययन गर्ने प्रोटोकल पनि सार्वजनिक गरिएको छ । यसले औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन र प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मन्त्री मेहताले चिकित्सकको सल्लाहबिना एन्टिमाइक्रोबियल औषधि प्रयोग नगर्न नागरिकलाई आग्रह गर्दै खोप, संक्रमण नियन्त्रण, सुरक्षित खानेपानी र सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ट्रम्पले पुटिनलाई मित्र भनेपछि जेलेन्स्कीले भने- 'हत्यारा'
-
सेयर बजार घट्दा प्रविधि कम्पनीहरू दबाबमा
-
शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न प्रचण्डको आग्रह
-
एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको मन्त्री पोखरेलको दाबी
-
नेपाल–भारत स्टार्टअप साझेदारीका लागि बलियो नीतिगत ढाँचा आवश्यक : डा. शालिग्राम पराजुली
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।