देशको अवस्थाले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ : मन्त्री शर्मा
२०८२ माघ २१ बुधवार
- बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले सपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् ।
बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले सपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् । उनले अहिलेको राष्ट्रिय परिस्थितिका कारण समाजमा विभिन्न किसिमका विचलनहरू देखापरेको र त्यसको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा परेको उल्लेख गरिन् ।
“मानसिक स्वास्थ्यलाई मैले सपथ ग्रहणकै दिनदेखि प्राथमिकतामा राखेको थिएँ । देश जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यसले समाजमा अनेक प्रकारका समस्याहरू जन्माएको छ, जसको प्रत्यक्ष असर मानसिक स्वास्थ्यमा देखिएको छ,” मन्त्री शर्माले भनिन् ।
उनले विभिन्न अस्पतालहरूको निरीक्षणका क्रममा आफूले अनुमान गरेभन्दा धेरै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरू देखिएको बताइन् । महिला, पुरुष, किशोरी तथा बालबालिकासमेत मानसिक समस्याका कारण अस्पतालका बेडमा भर्ना हुनुपरेको र ओपिडीमा पनि बिरामीको उल्लेख्य भीड रहेको उनको भनाइ छ ।
मन्त्री शर्माले मानसिक स्वास्थ्य क्षेत्रले लामो समयदेखि अपेक्षित प्राथमिकता नपाएको स्पष्ट भएको उल्लेख गर्दै यस क्षेत्रलाई अब उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइन् । उनले आगामी सरकारले पनि मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिएर प्रभावकारी कार्यक्रम अघि बढाउन आग्रह गरिन् ।
“मानसिक स्वास्थ्य धेरै वर्षसम्म जति प्राथमिकतामा पर्नुपर्ने हो, त्यति पर्न सकेको छैन । अब आउने सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर ठोस कार्यक्रम अघि बढाओस्,” उनले भनिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।