खोकीको कफ सिरपले भारतमा बालबालिकाको मृत्यु पछि नेपालमा औषधि व्यवस्था बिभागले दियो यस्तो निर्देशन
२०८२ असोज २२ बुधवार
- बिभागले दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्न गराउनु हुन पनि निर्देशन दिएको छ ।
काठमाडौँ, २२ असोज । भारतका विभिन्न राज्यमा खोकीको औषधि कोल्ड्रीफ काफ सिरपले बालबालिकाको मृत्यु भएको घटनाप्रति औषधि व्यवस्था बिभागले गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेपालमा सो औषधि दर्ता नभएको जानकारी दिएको छ ।
बिभागले यस्ता प्रकारका घटनाहरु विगतमा पनि भई सकेकोमा सो प्रति विभाग पहिले नै सचेत रही कार्य गर्दै आएको छ । नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसेरोल / ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै २०७९ मा नै सूचना प्रकाशित गरिएको बताएको छ ।
यस पश्चात गत साउन २१ गते डब्लुएचओ कार्य दस्तावेज बमोजिम मौखिक प्रयोगको लागि तरल तयारीमा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको जनाएको छ ।
बिभागले सम्बन्धित सबै पक्षलाई यस विषयमा पुनः सचेत रहन निर्देशन दिदै आवश्यक गुणस्तर परीक्षण गर्न निम्न बमोजिमको निर्देशन पालना गर्न गराउन अनुरोध गरिएको बताएको छ ।
विभागले औषधि उत्पादकका लागि कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ताहरुबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्न, उल्लेखित कच्चा पदार्थ तथा सो समिश्रित झोल बनावटको औषधिको निर्धारित विधि बमोजिम बिथिलिन ग्लाइकोल डाइथिलिन ग्लाइकोलको परीक्षण गरे पश्चात मात्र उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
साथै विभागले औषधि आयातकर्ताका लागि नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक व्याचको इथाइलिन ग्लाइकोल डाइइथिलिन ग्लाइकोल मिसावट नभएको सुनिश्चित गरे पश्चात मात्र आयात तथा विक्री वितरण गर्न निर्देशन दिएको छ । त्यस्तै फार्मेसीहरूका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विक्री वितरण गर्न निर्देशन दिएको छ भने चिकित्सकहरुका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विरामीलाई दिन निर्देशन दिएको छ ।
साथै बिभागले दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्न गराउनु हुन पनि निर्देशन दिएको छ ।
साथै बिभागले सर्वसाधारणलाई बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्न, विभागमा दर्ता भएका औषधिहरु मात्र प्रयोग गर्न, औषधिको लेबलमा उल्लेखित जानकारी वमोजिम मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।