डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय: मन्त्री पौडेल
२०८२ असार ३२ बुधवार
- बुधबार आयोजित औपचारिक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी रोगको संक्रमण साउन महिनाबाट सुरु हुने भएकाले यही समयमा सचेतना अभियानलाई तीव्र पार्नुपर्ने आवश्यकता औंल्याए ।
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।
बुधबार आयोजित औपचारिक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी रोगको संक्रमण साउन महिनाबाट सुरु हुने भएकाले यही समयमा सचेतना अभियानलाई तीव्र पार्नुपर्ने आवश्यकता औंल्याए ।
मन्त्री पौडेलले भने, ‘साउन महिनामा डेंगी लाग्ने सुरुवात हुन्छ । सुरुको महिनामै जनचेतना फैलाउने र पूर्वतयारी गर्ने हो भने भदौ, असोज र कात्तिकमा डेंगीको संक्रमणलाई फैलिनबाट रोक्न सकिन्छ ।’
उनका अनुसार विगतका वर्षहरूमा प्राप्त अनुभवका आधारमा डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहन्छ । हालको तथ्यांकअनुसार वार्षिक रूपमा झण्डै ५० हजार मानिस डेंगीबाट संक्रमित हुने गरेका छन् । उनले यस अवस्थालाई सामान्य रूपमा नलिन आग्रह गर्दै भने, ‘यो असामान्य हो, यसको उपचारका लागि विशेष औषधि छैन, प्रमाणित खोपसमेत अझै विश्वव्यापी रूपमा उपलब्ध छैन ।’
सचेतनाको माध्यमबाट मात्र डेंगी नियन्त्रण गर्न सकिने उल्लेख गर्दै मन्त्री पौडेलले लार्भा नष्ट गर्न र आफ्नो वरपर सफा राख्न सबैलाई आग्रह गरे । ‘हामी जति सचेत भयौं, त्यति नै अरूलाई पनि सचेत गराउन सक्छौं ।’ उनले भने ।
स्वास्थ्य मन्त्रालयले आगामी दिनमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र डेंगी नियन्त्रणमा सहकार्यका कार्यक्रम अघि बढाउने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ असोज २९ गते विहिबार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’