धनुषामा क्षयरोगको अवस्था भयावह: ६ महिनामा सातसय बढीमा क्षयरोग

२०८१ चैत्र ११ सोमवार
सारांश
  • यी पाँच पालिका सहित अन्य पालिकाहरुमा पनि निरन्तर खकार जाँच र डट्स प्रविधीबाट क्षयरोगको उपचार हुने गरेको प्रमुख यादवले जनाए ।

जनकपुर: धनुषामा क्षयरोगको अवस्था भयावह बन्दै गएको जनाइएको छ ।


सोमबार विश्व क्षयरोग दिवको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले कोरोना महामारी पछि क्षयरोगको संख्यामा वृद्धि भएको जानकारी दिएका छन् ।


उनले विगत ६ महिनामा मात्र धनुषा जिल्लामा क्षयरोगका ७ सय ३४ विरामी देखिएको बताए । मधेश प्रदेशभरिमै पर्सा जिल्लापछि सबैभन्दा बढी क्षयरोगको विरामी धनुषामै रहेको जनाए । अहिले क्षयरोग महामारी जस्तै फैलिरहेको बताए ।


उनले कोरोना महामारीकै समयदेखि तीनै तहको सरकारले क्षयरोगलाई वेवास्ता गरेको आफूलाई अनुभव भएको सुनाए । उनले कहिले औषधी नपाउने, कहिले संघ, प्रदेश र स्थानीय तहले समन्वय नगर्ने, कहिले विरामीले औषधीलाई निरन्तरता नदिनेलगायतका कारण अहिले क्षयरोगको स्थिती भयावह बनेको बताए ।


उनले धनुषाका जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मिीनिया गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र सहिदनगर नगरपालिकामा क्षयरोग नियन्त्रणका लागि विशेष कार्यक्रमहरु सञ्चालनमा रहेको जानकारी दिए ।


यी पाँच पालिका सहित अन्य पालिकाहरुमा पनि निरन्तर खकार जाँच र डट्स प्रविधीबाट क्षयरोगको उपचार हुने गरेको प्रमुख यादवले जनाए ।


विश्व क्षयरोग दिवको अवसरमा जनकपुरधामस्थित जनस्वास्थ्य कार्यालयबाट विद्यार्थी, स्वास्थ्यकर्मी, विभिन्न सरकारी निकायका पदाधिकारीहरुले प्रभातफेरि निकालेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार