क्यान्सर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी
२०८१ माघ २२ गते मंगलवार
- नेपालमा क्यानसरको भयावह अवस्था रहेको भन्दै यसको निवारणको लागि अझै थुप्रै कामहरु गर्न जरुरी रहेको बताएका हुन् ।
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको बताएका छन् ।
मंगलबार विश्व क्यान्सर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा क्यानसरको भयावह अवस्था रहेको भन्दै यसको निवारणको लागि अझै थुप्रै कामहरु गर्न जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले क्यानसर निवारणको लागि अझै थुप्रै कामहरु गर्न जरुरी छ । यसमा चै उपचारात्मक क्षेत्रमा र निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, दिदिहरु र मेरा समकक्षी साथिहरु थुप्रैको मृत्यु भएको छ । दिनमा चार जनाको मत्यु हुने तथ्याङक हामीसंग छ । यो भनेको भयावह अवस्था हो । त्यसैैले यसलाई न्यूनिकरण गर्दै निवारणको स्थितिमा कसरी पुर्याउन सकिन्छ । विश्व स्वास्थ संगठनको र हाम्रो पनि लक्ष्य त्यही छ । यो निवारणको तहमा पुर्याउनको लागी हामीहरु सबैले मेहनत गर्न जरुरी छ ।
मन्त्री पौडेलले उपचारात्मक, निरोधात्मक र रक्षात्मक क्षेत्रमा काम गर्न प्रष्ट दृस्टिकोणसहित अगि बढ्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।