फ्रान्सकी दक्षिणपन्थी नेतृ ले पेनलाई राहत, राष्ट्रपतिको चुनाव लड्न बाटो खुल्ने
२४ आषाढ़, २०८३, बुधवार
- अदालतले सार्वजनिक पद धारण गर्न लगाइएको प्रतिबन्ध पाँच वर्षबाट घटाएर ४५ महिना कायम गरेको छ, जसको दुईतिहाइ अवधि निलम्बनमा रहनेछ । त्यस्तै, चार वर्षको जेल सजालाई घटाएर तीन वर्ष कायम गरिएको छ । तीमध्ये दुई वर्ष निलम्बनमा रहनेछन् भने बाँकी एक वर्ष उनले घरमै विद्युतीय निगरानी उपकरण लगाएर बिताउनुपर्नेछ ।
काठमाडौँ: फ्रान्सकी दक्षिणपन्थी नेतृ मरिन ले पेनले सन् २०२७ को राष्ट्रपतीय निर्वाचन लड्ने सम्भावनामा अदालतबाट आंशिक राहत पाएकी छन् । पेरिसको पुनरावेदन अदालतले उनलाई युरोपेली संसदको रकम दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरे पनि यसअघि सुनाइएको सजामा केही कमी गरेको हो ।
अदालतले सार्वजनिक पद धारण गर्न लगाइएको प्रतिबन्ध पाँच वर्षबाट घटाएर ४५ महिना कायम गरेको छ, जसको दुईतिहाइ अवधि निलम्बनमा रहनेछ । त्यस्तै, चार वर्षको जेल सजालाई घटाएर तीन वर्ष कायम गरिएको छ । तीमध्ये दुई वर्ष निलम्बनमा रहनेछन् भने बाँकी एक वर्ष उनले घरमै विद्युतीय निगरानी उपकरण लगाएर बिताउनुपर्नेछ ।
यो मुद्दा सन् २००४ देखि २०१६ बीच युरोपेली संसदबाट संसदीय सहयोगीहरूको तलबका लागि छुट्याइएको रकम पार्टीका कर्मचारीलाई प्रयोग गरेको आरोपसँग सम्बन्धित छ । यसअघि सन् २०२५ को मार्चमा तल्लो अदालतले ले पेनलाई चार वर्ष जेल सजासहित पाँच वर्षसम्म कुनै पनि निर्वाचित पद धारण गर्न नपाउने फैसला सुनाएको थियो, जसविरुद्ध उनले पुनरावेदन गरेकी थिइन् । ५७ वर्षीया ले पेनले सबै आरोप अस्वीकार गर्दै आफूले कुनै गैरकानुनी काम नगरेको बताउँदै आएकी छन् । उनी सन् २०२७ मा चौथोपटक फ्रान्सको राष्ट्रपतिको निर्वाचन लड्ने तयारीमा छिन् ।
यदि विद्युतीय निगरानी उपकरण लगाएर चुनावी अभियान चलाउन असम्भव हुने निष्कर्षमा उनी पुगिन् भने उनको दलको तर्फबाट वर्तमान अध्यक्ष ३० वर्षीय जोर्डन बार्डेला उम्मेदवार बन्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।