अमेरिका र इरानबीच सम्झौताको सम्भावनाका बीच तेलको मुल्य घट्यो

१५ जेठ, २०८३, शुक्रवार
सारांश
  • यद्यपि, मूल्यमा ठूलो गिरावट भने आएको छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच वार्ता जारी रहेको तर अझै अन्तिम सहमति नभएको बताएका छन् ।

काठमाडौँ: अमेरिका र इरानबीच युद्धविरामको अवधि लम्ब्याउने विषयमा वार्ताको सम्भावना बढेसँगै शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सामान्य घटेको छ ।

 

ब्रेन्ट कच्चा तेलको मूल्य करिब ३५ सेन्टले घटेर प्रतिव्यारेल ९३ दशमलव ३६ डलरमा पुगेको छ । त्यस्तै डब्लुटिआई कच्चा तेलको मूल्य ६३ सेन्टले घट्दै प्रतिव्यारेल ८८ दशमलव २७ डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

यद्यपि, मूल्यमा ठूलो गिरावट भने आएको छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच वार्ता जारी रहेको तर अझै अन्तिम सहमति नभएको बताएका छन् ।

 

अमेरिका र इरानबीच पछिल्ला चार महिनादेखि तनाव जारी रहे पनि अहिले दुवै देशबीच सम्झौताको सम्भावना बढ्दै गएको देखिएको छ । अमेरिकी पत्रकार एलन फिशरका अनुसार ह्वाइट हाउसमा पनि चाँडै कुनै सहमति हुन सक्ने अपेक्षा बढेको छ ।

 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्थमन्त्री स्कट बेसन्ट तथा उपराष्ट्रपति जेडी भान्सले वार्ताबारे सकारात्मक संकेत दिएका थिए । भान्सले इरान इमान्दारीपूर्वक वार्तामा सहभागी भइरहेको दाबी गर्दै अहिले मुख्य विवाद समृद्ध युरेनियम र सम्झौताका शब्द तथा सर्तमा केन्द्रित रहेको बताएका छन् । उनले अमेरिकी सेनाले कडा दबाब सिर्जना गरेपछि मात्रै वार्ता अगाडि बढ्न सकेको पनि उल्लेख गरेका छन् ।

 

यसैबीच, सम्भावित सम्झौताबारे छलफल भइरहेका बेला आज वासिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पाकिस्तानका विदेशमन्त्री इसाक डारबीच महत्वपूर्ण भेटवार्ता हुने भएको छ ।

 

पछिल्लो समय पाकिस्तानले अमेरिका र इरानबीच शान्ति वार्तामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । हालैका दिनमा पाकिस्तानका उच्च अधिकारीहरूले इरान भ्रमणसमेत गरेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार