काँग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

११ मार्ग, २०८३
सारांश
  • नेपाली कांग्रेसले जारी केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।

काठमाण्डौ, ११ मङ्सिर । नेपाली कांग्रेसले जारी केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ । गत मङ्गलबारदेखि शुरु भएको बैठक आज बिहान साढे ८ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिइएको छ ।

 

बैठकमा अहिलेसम्म ७० जना केन्द्रीय सदस्यहरुले धारणा राखेको र बोल्नेक्रम नसकिएकाले आज बैठक बस्ने बताइएको छ ।

 

विहिबारको बैठकले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जउदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

 

साथै काँग्रेसले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार