गाजाको ७० प्रतिशत भूभाग नियन्त्रण गर्न नेतन्याहुको निर्देशन
१५ जेठ, २०८३, शुक्रवार
- नेतन्याहुले सुरुआती चरणमा गाजाको करिब ७० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिने लक्ष्य राखिएको बताएको इजरायली मिडियाले उल्लेख गरेका छन् ।
काठमाडौँ: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाका थप क्षेत्रमा नियन्त्रण कायम गर्न सेनालाई निर्देशन दिएको बताएका छन् ।
नेतन्याहुले सुरुआती चरणमा गाजाको करिब ७० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा लिने लक्ष्य राखिएको बताएको इजरायली मिडियाले उल्लेख गरेका छन् ।
यो कदम सन् २०२५ को अक्टोबरमा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको शर्तविपरीत मानिएको छ ।
हाल गाजाका अधिकांश नागरिक समुद्री तट नजिकको अत्यन्त सानो क्षेत्रमा सीमित भएर बस्न बाध्य छन् । अनुमानअनुसार इजरायलले गाजा पट्टीको करिब ६४ प्रतिशत भूभागमा प्रभावकारी नियन्त्रण कायम गरिसकेको छ । सन् २०२३ मा दक्षिणी इजरायलमाथि हमासले गरेको आक्रमणपछि सुरु भएको इजरायलको सैन्य अभियान दुई वर्षदेखि जारी छ । यस अवधिमा गाजाको ठूलो हिस्सा पूर्ण रूपमा ध्वस्त भइसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।