इजरायली आक्रमणमा हमासको सैन्य शाखाका नयाँ कमाण्डरको मृत्यु
१३ जेठ, २०८३, बुधवार
- स्थानीय स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीका अनुसार गाजा सहरको अत्यधिक भीडभाड हुने आवासीय क्षेत्रमा रहेको एक भवनमा आक्रमण हुँदा कम्तीमा तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।
काठमाडौँ: गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा हमासको सैन्य शाखाका नयाँ कमाण्डर मोहम्मद ओदेह मारिएका छन् । यसअघि हमासको सैन्य शाखाका पूर्व कमाण्डर पनि यस्तै इजरायली आक्रमणमा मारिएका थिए ।
स्थानीय स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीका अनुसार गाजा सहरको अत्यधिक भीडभाड हुने आवासीय क्षेत्रमा रहेको एक भवनमा आक्रमण हुँदा कम्तीमा तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।
इजरायली सेना र सुरक्षा निकायले ओदेह लुकेर बसेको आश्रयस्थलका रूपमा प्रयोग भइरहेको भवनलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । उनको गतिविधिमाथि धेरै महिनादेखि निगरानी गरेपछि उक्त कारबाही गरिएको हो । हमासले घटनाबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । तर हमास निकट एक स्थानीय र परिवारका सदस्यले ओदेह, उनकी पत्नी र उनका वयस्क छोरा आक्रमणमा मारिएको बताएका छन् । आक्रमण भएको समयमा ईद–उल–अजहाको तयारीका लागि बजार क्षेत्रमा किनमेल गर्नेको भीड रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भवनमाथि फरक–फरक दिशाबाट एकैपटकजस्तै कम्तीमा पाँच वटा क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको इजरायली जवाफी कारबाहीमा हालसम्म ७२ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसंघले गाजा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई विश्वसनीय मानेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वाणिज्य बैंकहरूको नाफा १९% ले बढ्यो: ११ महिनामा कमाए ६४ अर्ब ४७ करोड, नबिल शीर्ष स्थानमा
-
नर्वेमाथि इङ्ग्ल्यान्डको जितमा के हो स्पाइडरक्याम विवाद ?
-
एआई कम्पनीका कर्मचारी धनी बन्दै जाँदा सान फ्रान्सिस्कोमा घर किन्न मुस्किल
-
अमेरिकी हस्तक्षेप नरोकिन्जेल होर्मुज बन्द रहने इरानको घोषणा
-
स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।