ठमेलको होटलबाट स्रोत नखुलेको ५० लाखसहित दुई जना पक्राउ

१० मार्ग, २०८३
सारांश
  • काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् ।

 

काठमाडौं : काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७ ठमेलस्थित स्नो लाइन होटलमा अवैध रूपमा स्रोत नखुलेको रकम लुकाइछिपाइ राखिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

 

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले जाँच गर्दा ५० लाख ५० हजार रुपैयाँ नेपाली मुद्रा, ४ हजार २१५ ओमानी रियाल र ५५ अरब दिराम फेला पारेको जनाएको छ ।

 

पक्राउ पर्नेमा चितवन घर भई काठमाडौंको ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन् ।

बरामद रकम र विदेशी मुद्राको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार