दक्षिणी इरानमा गरेको आक्रमण आत्मरक्षात्मक भएको अमेरिकी दाबी
२०८३ जेठ १२ मङ्गलवार
- अमेरिकी केन्द्रीय कमान्डका अनुसार दक्षिणी इरानमा रहेका अमेरिकी सैनिकमाथि सम्भावित जोखिम देखिएपछि उक्त आक्रमण गरिएको हो ।
एजेन्सी, १२ जेठ । युद्धविराम कायम रहेका बेला अमेरिका र इरानबीच जारी वार्ता चलिरहेकै अवस्थामा अमेरिकी सेनाले सोमबार होर्मुज जलडमरूमध्य आसपास इरानी क्षेप्यास्त्र प्रक्षेपण स्थल र डुङ्गालाई लक्षित गर्दै 'आत्मरक्षात्मक आक्रमण' गरेको जनाएको छ ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार दक्षिणी इरानमा रहेका अमेरिकी सैनिकमाथि सम्भावित जोखिम देखिएपछि उक्त आक्रमण गरिएको हो ।
अमेरिकी केन्द्रीय कमान्डका प्रवक्ता टिमोथी हकिन्सले समाचार संस्था सिएनएनसँग कुरा गर्दै अमेरिकी फौजले इरानी सैन्य खतराबाट आफ्ना सैनिकको सुरक्षा गर्न आत्मरक्षात्मक आक्रमण गरेको बताएका हुन् ।
उनका अनुसार आक्रमणको निशानामा क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा समुद्रमा बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका इरानी डुङ्गा परेका थिए । उनले जारी युद्धविरामका बीच अमेरिकी केन्द्रीय कमान्डले संयमता अपनाउँदै आफ्ना सैनिकको सुरक्षा जारी राखेको बताए ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको समृद्ध युरेनियम नष्ट गर्ने आफ्नो योजना सार्वजनिक गरेका छन् । उनले उक्त युरेनियम तत्काल अमेरिकामा ल्याएर नष्ट गरिने वा इरानकै सहमतिमा त्यहीँ अथवा अर्को उपयुक्त स्थानमा नष्ट गरिने बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत दिएको अभिव्यक्तिमा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय वा सोसरहको निकायको उपस्थितिमा उक्त प्रक्रिया सम्पन्न गरिने उल्लेख गरेका छन् ।
गत साता ह्वाइट हाउसस्थित ओभल कार्यालयमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानको समृद्ध युरेनियम फिर्ता ल्याउने विषयमा कुनै सम्झौता नगर्ने बताएका थिए । उनले युरेनियम प्राप्त गरेपछि सम्भवतः नष्ट गर्ने, तर इरानलाई त्यसको नियन्त्रणमा रहन बदिने बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।